स्वास्थ्य

थप ३१ जनामा कोभिड पुष्टि

इकागज | असार ८, २०७९
काठमाडौँ- नेपालमा थप ३१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परीक्षणका क्रममा २८ जना र ८ सय ५० एन्टिजेन परीक्षणका क्रममा ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । कोभिड १९ का कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १० जना निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ३० जना निको भएका छन् । हाल नेपालमा १ सय ४२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । 
स्वास्थ्य

काठमाडौँका विभिन्‍न स्थानका चार जनामा हैजा पुष्टि,  सतर्कता अपनाउन आग्रह

इकागज | असार ८, २०७९

काठमाडौँ- काठमाडौँका विभिन्‍न स्थानका चार जनामा हैजा पुष्टि भएको छ । ती चारैजनाको शुक्रराज ट्रपिकल...