हलिउड/बलिउड

अस्कर विजेता ‘अनोदर राउन्ड’को अंग्रेजी रिमेक बनाउँदै लियोनार्दो

इकागज | बैशाख १४, २०७८

लसएन्जल्स : आइतबार साँझ डेनिस फिल्म ‘अनोदर राउन्ड’ले अस्करमा अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फको अवार्ड जित्यो । म्याड् मिकलसन अभिनीत यो फिल्ममा बाँच्नका लागि रक्सीको सहारा लिने चार पात्रको कथा छ । निर्देशक थोमस भिन्टेरबर्गले फिल्ममा डेनिस भाषाको प्रयोग गरेका छन् । 

तर, अभिनेता लियोनार्दो डिकाप्रियोलाई यो फिल्म यति मन पर्यो कि उनले यो फिल्मको रिमेक अधिकार हात पारेका छन् । भेराइटीले लेखेको समाचारअनुसार यो फिल्ममा जेक ग्लेनहल र एलिजाबेथ ब्यांकसले पनि आँखा लगाएका थिए ।

तर, अन्तिममा यो रिमेक अधिकार लियोको एप्पियन वेले हात पारेको छ । गत वर्ष टोरन्टोमा फिल्मको वल्र्ड प्रिमियर भएसँगै यो फिल्ममा लियोले आँखा लगाएका थिए । स्रोतका अनुसार उनले फिल्ममा म्याड्ज मिकलसनको चरित्र आफ्नो जीवनको नजिक रहेको टिप्पणी गरेका थिए । 

रिमेक अधिकार लिएसँगै फिल्ममा लियोनार्दोले अभिनय पनि गर्ने चर्चा छ । यो खबर पुष्टि भइसकेको छैन । त्याबाहेक फिल्मका निर्देशक थोमस आफैंले यो फिल्म निर्देशन नगर्ने बताएका छन् । फिल्ममा उनी कार्यकारी निर्देशकको भूमिकामा रहनेछन् । 

आइतबार साँझ अस्कर ग्रहण गरेपछिको सम्बोधनमा उनले अवार्ड आफ्नो छोरीलाई सपर्मण गरेका थिए । यो फिल्मको सुटिङ सुरु भएको चौथो दिनमा थोमसकी १९ वर्षकी छोरीको मृत्यु भएको थियो । 

अस्करमा ‘नोम्याडल्यान्ड’लाई तीन अवार्ड, दक्षिणले कोरियाले रच्यो अर्को इतिहास

इकागज | बैशाख १३, २०७८

लसएन्जल्स : नेपाली समयअनुसार सोमबार बिहान अमेरिकामा बाँडिएको अस्कर अवार्डमा क्लोई झाओ निर्देशित &l...

क्रिश्चियन बेलदेखि एन्जोलिना जोलीसम्म, जो बन्दैछन् मार्भलको सुपरहिरो फिल्मको हिस्सा

इकागज | बैशाख १२, २०७८

लसएन्जल्स : १३ वर्ष भयो मार्भलको सिनेमाटिक युनिभर्सले कमिक्सहरूलाई लाइभ एक्सनमा रुपान्तरण गर्न थालेको...

ऋतिक रोशनले छाडेका थिए, ‘दिल चाहता है’ देखि ‘फास्ट एन्ड फ्युरियस’को शृंखलासम्म

इकागज | बैशाख १०, २०७८

मुम्बई : डान्स र अभिनय दुवैका लागि माहिर मानिन्छन् ऋतिक रोशन । २० वर्षअघि ‘कहो ना प्यार है&r...