हलिउड/बलिउड

जेम्स बन्ड सिरिज बनाउने फिल्म कम्पनी किन्दै अमेजन

इकागज | जेठ ४, २०७८

अमेरिका :  हलिउडको १ वर्ष पुरानो फिल्म कम्पनी ‘मेट्रो गोल्डेवेन मेयर’ (एमजीएम) अमेजनले लिने भएको छ । बीबीसीले लेखेको खबर अनुसार अमेजनले यो कम्पनी १ अर्ब अमेरिकी डलरमा किन्न लागेको हो । 

अमेजनले किनेसँगै एमजीएमले बनाएका हजारौं फिल्म अमेजन प्राइमको प्लेटफर्ममा उपलब्ध हुनेछन् । एमजीएमले थुप्रै आइकोनिक फिल्म बनाएको छ । 
टेलिकम्युनिकेसन कम्पनी एटी एन्ड टीले डिस्कभरी च्यानलसँगै वार्नर मिडियाको युनिट किन्ने सम्झौता गरे लगत्तै अमेजनले एमजीएम किन्न लागेको हो ।  

एमजीएमसँग सय वर्ष पुराना फिल्म ‘बेन हर’ र ‘विजार्ड अफ ओजी’ देखि प्रदर्शनको पर्खाइमा रहेको जेम्स बन्ड सिरिजको ‘ नो टाइम टु डाई’सम्म छन् । अमेरिकामा अहिले ठूला कम्पनीले साना कम्पनी लिने होड नै चलेको छ ।

यसमा वार्नर सबैभन्दा अघि देखिएको छ । वार्नरले केही समय अघि एचबीओ र एचबीओ म्याक्स पनि आफू मातहत ल्याएको थियो । यति गर्दा पनि एचबीओसँग जम्मा ६४ मिलियन ग्राहक छन् जबकि नेटफ्लिक्ससँग २ सय ८ मिलियन । डिज्ने प्लससँग  सय मिलियन रहेको बताइएको छ । 

यो विषयमा अमेजन र एमजीएमको भने आधिकारिक धारणा आइनसकेको छैन । तर, अमेजनले नेटफ्लिक्ससँग प्रतिस्पर्धा गर्न यो कदम चालेको अनुमान गरिएको छ । 

हलिउड फरेन प्रेस विवाद : टम क्रुजले गोल्डेन ग्लोबको ट्रफी फर्काउने, एनबीसीले प्रसारण नगर्ने

इकागज | बैशाख २८, २०७८

लसएन्जल्स : समावेशी बनाउने उद्घोष गरेर सञ्चार माध्यममा आएको हलिउड फरेन प्रेस झन् विवादमा फसेको छ । ...

छैटौं फिल्ममा सँगै काम गर्दै मार्टिन स्कोरसेजी र लियानार्दो, ‘किलर्स अफ दि फ्लावर मुन‘को फस्ट लुक सार्वजनिक

इकागज | बैशाख २८, २०७८

लसएन्जल्स : माटिन स्कोरसेजी र लियानार्दो डिकाप्रियोको जोडी निर्देशक र कलाकारमाको रुपमा हलिउडमा सफल...

नेट्फ्लिक्स र अमेजन प्राइम पछि हलिउड फरेन प्रेसको विरोधमा स्कारलेट जोन्सन

इकागज | बैशाख २७, २०७८

लसएन्जल्स : गोल्डेन ग्लोब अवार्ड आयोजना गर्ने हलिउड फरेन प्रेस एसोसिएसनले अघिल्लो हप्ता महत्वपूर्ण सुधा...

कंगनाका दुःख : एउटा पोस्टले ट्विटर ह्यान्डल गयो, अर्को पोस्टले वेस्ट बंगालमा मुद्दा

इकागज | बैशाख २६, २०७८

मुम्बई : कंगना रनावत अपराधी हैनन् तर कम्तीमा उनका विरुद्ध प्रहरीमा आधा दर्जन मुद्दा छन् । कुनै मानहा...