हलिउड/बलिउड

रकुलले तेलगु फिल्ममा काम नपाएको हल्ला

इकागज | असार ७, २०७८

मुम्बई :  रकुलप्रित सिंह हिन्दी र दक्षिणभारतका दुवै उद्योगमा काम गर्छिन् । दुवैतिर काम गर्ने भएपछि स्वभावतः रकुललाई सितिमिति फिल्ममा लिन सजिलो छैन । तर, महामारीले यो अवस्था परिवर्तन गरिदिएको छ । काम भएका पनि घरमा बस्न बाध्य छन्, नभएका त झन् बस्ने नै भए ।

तर, यही हप्ता रकुल कामको खोजीमा रहेको समाचार आयो । केही अनलाइन पोर्टलले रकुल काम नपाएर बेरोजगार भएको समाचार छापे । यस्ता समाचारमा रकुलले खासगरी तेलगु फिल्म उद्योगमा काम नपाएको दाबी गरेका थिए ।

तर रकुलले ट्वीट गर्दै यो समाचारको खण्डन गरेकी छिन् । उनले लेखेकी छिन्, ‘ मैले कहिले र कोसँग यस्तो भनेँ हुँला ? वर्षमा ३ सय ६५ दिन हुन्छन् । यसमा ६ वटा भन्दा बढी फिल्म म्यानेज गर्न कसैले आउँछ भने मलाई भन्नुहोला । हेडलाइनका लागि जे पनि भन्दिने !’

रकुलको अघिल्लो महिना मात्र अर्जुन कपुरसँग जोडी बनेर खेलेको ‘सरदारका ग्रान्डसन’ शीर्षकको फिल्म नेटफ्लिक्समा रिलिज भएको थियो । तेलगुमा भने गतसाल उनको एउटा मात्र फिल्म रिलिज भयो । 

हिन्दीतर्फ भने रकुलले अजय देवगन र अमिताभ बच्चनसँग ‘मेडे’मा अभिनय गरिरहेकी छिन् । पहिलो सेड्युलको सुटिङ सकेर यो फिल्म दोस्रो सेड्युलको पर्खाइमा छ । त्योबाहेक रकुल हिन्दीमा बनिरहेका ‘डाक्टर कश्यप’,‘थ्यांक गड’, ‘इन्डियन २’, ‘अट्याक’ आदि फिल्ममा काम गरिरहेकी छिन् । 

अक्षयकुमारको ‘बेलबटम’ बन्यो दोस्रो वेभपछि प्रदर्शन मिति घोषणा गर्ने पहिलो फिल्म

इकागज | असार १, २०७८

मुम्बई :  अक्षयकुमार महामारीको दोस्रो वेभपछि फिल्म रिलिज गर्न अगाडि सर्ने पहिलो अभिनेता बनेका...