हलिउड/बलिउड

नयाँ‘जेम्स बन्ड’का लागि पियर्स ब्रोसनेनको छनौटः इड्रिस अल्बा र टम हार्डी

इकागज | असार १५, २०७८

लसएन्जल्स :  ‘नो टाइम टु डाई’ पछि डेनियल क्रेगले यो शृंखला छाड्दैछन् । जेम्स बन्ड सिरिजका ५ फिल्ममा काम गरेका उनले ‘नो टाइम टु डाई’ को सुटिङ सुरु नहुँदै यो फिल्म बन्ड शृंखलाको अन्तिम फिल्म हुने घोषणा गरेका थिए ।

त्यसयता नै यो सिरिजको लिगेसीलाई कुन हिरोले निरन्तरता दिन्छन् भन्ने चासो छ । कसले कसको नाम ठीक हुने त कसले को ठीक हुन् दाबी गरिरहेका छन् । यही क्रममा जेम्स बन्ड सिरिजका सफल हिरो पियर्स ब्रोसनेनले पनि आफ्नो राय दिएका छन् । 

आफ्नो फिल्म ‘फल्स पोजेटिभ’को प्रचार गर्ने क्रममा पिपल म्यागजिनलाई अन्तर्वार्ता दिँदै ब्रोसनेनले इड्रिस अल्बा जेम्स बन्ड सिरिजका लागि सबैभन्दा उपयुक्त पात्र रहेको बताएका थिए । 

 ‘मेरो त दिमागमा खाली इड्रिस अल्बा आउँछन्’ ‘उनले भनेका छन्, ‘ इड्रिसको व्यक्तित्व नै शक्तिशाली छ र आवाजमा पनि दम छ । उनी शृंखलाका लागि गज्जबका पात्र हुन् ।’ब्रोसनेनले इड्रिसबाहेक टम हार्डी पनि यो शृंखलाका लागि उपयुक्त हुने बताएका छन् । 

ब्रोसनेनले सन् १९९५ बाट २००२ सम्म जेम्स बन्डको रुपमा काम गरेका थिए । ७ वर्षको अन्तरालमा उनले बन्ड सिरिजमा ४ फिल्ममा काम गरेका थिए । उनलाई डेनियल क्रेगले विस्थापित गरेका थिए ।जेम्स बन्ड सिरिजमा बेलायतमा जन्मेका अभिनेतालाई प्राथमिकता दिइन्छ । इड्रिस अल्बा र टम हार्डी दुवै बेलायती अभिनेता हुन् । 

स्यारोन स्टोन भन्छिन् , ‘मेरिल स्ट्रिप मात्र महान् अभिनेत्री हैनन्, अरु पनि छन् '

इकागज | असार १०, २०७८

लसएन्जल्स :  यो हप्ता मेरिल स्ट्रिपले ७२ औं जन्मदिन मनाइन् । तर, सामाजिक सञ्जालमा यतिबेला मेरिल...

अभिनय मात्र होइन इन्दिरा गान्धीको जीवनीमा बन्ने फिल्मको निर्देशन पनि गर्दैछिन् कंगना

इकागज | असार १०, २०७८

मुम्बई : कंगना रनावतले बुधबार मात्र इन्दिरा गान्धीको जीवनीमा बन्न लागेको फिल्म ‘इमर्जेन्सी&rsq...

न्यायाधीशसँग ब्रिटनीको अनुरोध, ‘मलाई बाबुको संरक्षणबाट मुक्ति दिनुस् । म विवाह गरेर बच्चा जन्माउन चाहन्छु ’

इकागज | असार १०, २०७८

लसएन्जल्स :  गायिका तथा अभिनेत्री ब्रिटनी स्पेयर्सले आफूलाई बुबाको संरक्षणबाट मुक्ति दिन आग्रह ग...

उद्योग छाड्ने मनसायले ‘बिफोर’ सिरिजको चौथो भाग अस्वीकार गरेकी थिइन् जुली डेलपेले

इकागज | असार ८, २०७८

लसएन्जल्स :  सिनेमालाई दृश्यको माध्यम भनिन्छ । बोलिने कुरालाई दृश्यले नै अभिव्यक्त गर्नु  र...