Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

हलिउड/बलिउड

बलिउडले ढोका बन्द गरेपछि तेलगु छिर्दै रिया

इकागज | बैशाख १९, २०७८

मुम्बई : सुशान्त राजपूत सिंहसँग अफेयरमा रहँदा थुप्रै निर्माताले रिया चक्रवर्तीलाई लिएर फिल्म बनाउने घोषणा गरेका थिए । तर, सुशान्तको मृत्युसँगै यसरी घोषणा गर्ने कसैले पनि रियालाई लिएर फिल्म बनाउने हिम्मत गरेनन् ।

पहिले नै बनिसकेको ‘चेहेरे’ले समेत रियालाई पोस्टरमा अटाउने हिम्मत गरेन । भलै रिलिजको संघारमा आएर त्यो फिल्म सर्यो । यता बलिउडले ढोका नखोल्ने छाँट देखेपछि रियाले तेलगु फिल्मबाट करिअर ब्युँताउने प्रयास थालेकी छिन् ।

अघिल्लो हप्ता मात्र रिया निर्माता भेट्न हैदराबाद पुगेको स्पटब्वाईले समाचार छापेको छ । स्पटब्वाईले तेलगुको एक हिरोलाई उद्धृत गर्दै तेलगु फिल्म उद्योग रियालाई स्वागत गर्न तयार रहेको समाचार लेखेको छ । 

‘उनको व्यक्तिगत जिन्दगीमा के भइराछ हामी मतलब गर्दैनौं । रिया प्रतिभाशाली अभिनेत्री हुन् । उनलाई स्वागत छ । तर, यत्ति हो उनले जथाभावी पैसा चैं माग्न भएन,’ ती हिरोले भनेका छन् । बलिउडका अभिनेत्रीले दक्षिणतिरका फिल्म गर्दा ३ करोड देखि ९ करोडसम्म माग्ने गरेका छन् र पाउने गरेका पनि छन् । 

यता रियाको अभिनय यात्रा पनि तेलगु फिल्मबाट नै सुरु भएको थियो । सन् १०१२ मा प्रदर्शन भएको ‘तुनेगा तुनेगा’ शीर्षकको फिल्मबाट रियाले अभिनयमा डेब्यू गरेकी थिइन् । यसपछि भने रियाले बलिउडतिरै संघर्ष गर्न थालेकी थिइन् । अहिले बलिउडमा तत्काल मौका पाउने छाँट नदेखेपछि रियाले तेलगुमै भए पनि काम गर्ने सोच बनाएकी छिन् । 

‘डर’ देखि ‘पद्यावत’सम्म जुन फिल्ममा अजय देवगन थिए निर्देशककाे पहिलाे रोजाइ

इकागज | बैशाख १६, २०७८

मुम्बई :  एक्सन हिरोबाट बलिउडमा डेब्यू गरेका अजय देवगनको एउटै मात्र कमजोरी छ, त्यो हो नृत्य ।...

अस्करमा ‘नोम्याडल्यान्ड’लाई तीन अवार्ड, दक्षिणले कोरियाले रच्यो अर्को इतिहास

इकागज | बैशाख १३, २०७८

लसएन्जल्स : नेपाली समयअनुसार सोमबार बिहान अमेरिकामा बाँडिएको अस्कर अवार्डमा क्लोई झाओ निर्देशित &l...

क्रिश्चियन बेलदेखि एन्जोलिना जोलीसम्म, जो बन्दैछन् मार्भलको सुपरहिरो फिल्मको हिस्सा

इकागज | बैशाख १२, २०७८

लसएन्जल्स : १३ वर्ष भयो मार्भलको सिनेमाटिक युनिभर्सले कमिक्सहरूलाई लाइभ एक्सनमा रुपान्तरण गर्न थालेको...

ऋतिक रोशनले छाडेका थिए, ‘दिल चाहता है’ देखि ‘फास्ट एन्ड फ्युरियस’को शृंखलासम्म

इकागज | बैशाख १०, २०७८

मुम्बई : डान्स र अभिनय दुवैका लागि माहिर मानिन्छन् ऋतिक रोशन । २० वर्षअघि ‘कहो ना प्यार है&r...