हलिउड/बलिउड

हङकङले ५० वर्षपछि पहिलो पटक अस्कर समारोह प्रसारण नगर्ने

इकागज | चैत १७, २०७७

हङकङ : २८ वर्षपछि हङकङको सिनेमा पहिलो पल्ट अस्करको मनोनयनमा परेका थियो तर यही साल हङकङले अस्करको यो समारोह प्रसारण नगर्ने भएको छ । यो साल अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा डेरेक साङको ‘बेटर डेज’ मनोनयनमा परेको छ । यसअघि सन् १९९३ मा मात्र हङकङको ‘फेयरवेल माइ ककुबाइन’ले विदेशी भाषाको फिल्ममा अन्तिम ९ मा मनोनयन पाएको थियो । 

५० वर्षपछि पहिलो पल्ट हङकङले अस्कर अवार्ड समारोह प्रसारण नगर्ने निर्णय गरेको हो । हङकङको टीभीबीले सन् १९६९ यता यो समारोह प्रसारण गर्दै आएको थियो । तर, टीभीबीका प्रवक्ताले व्यापारिक कारणले अस्कर समारोह नदेखाउने निर्णय गरेको जानकारी दिएका छन् । 

‘यो विशुद्ध व्यापारिक कारणले गरिएको निर्णय हो । यो साल हामीले अस्करको प्रसारण नगर्ने निर्णय गरेका हौं,’ प्रवक्ताले भनेका छन् । अहिलेसम्म हङकङका अरु च्यानल र पे टीभी च्यानलले पनि यो समारोह किनेर प्रसारण गर्ने योजना सार्वजनिक गरेका छैनन् । 

टीभीपीले यसलाई व्यापारिक निर्णय भनेर ढाकछोप गर्ने प्रयास गरे पनि यो सबै बेइजिङको इसारामा भएको हो । यही महिनाको सुरुवातमा बेइजिङको मिडिया रेगुलेटरले चीनका पत्रपत्रिकालाई अस्करका समाचार नछाप्न र लाइभको कभरेज नगर्न पनि निर्देशन दिएको थियो । बेइजिङ यसरी अस्करसँग रुष्ट हुनमा दुइटा कारण रहेको बताइएको छ । 

एउटा त अस्करमा यो चोटि हङकङमा भएको चीन विरोधी प्रदर्शनको बारेमा बनेको डकुमेन्ट्रीको मनोनयन हो । सन् २०१९ मा हङकङमा प्रजातन्त्र प्राप्तिका लागि लामो समय प्रदर्शन भएको जसको बारेमा बनेको डकुमेन्ट्री ‘डु नट स्पिल्ट’यो पटक डकमेन्ट्री विधाको मनोनयनमा परेको छ अनि अर्को चाहिँ चिनिया फिल्ममेकर क्लोई झाओको उत्कृष्ट निर्देशकमा मनोनयन ।

क्लोईले चिनिया नीतिको आलोचना गरेको अन्तर्वार्ता केही समय अघि सतहमा आएको थियो । यही कारण चीनले उनले निर्देशन गरेको ‘नोम्याडल्यान्ड’लाई सेन्सरमा निकै दुःख दिएको थियो । 

फिल्मफेयरको मनोनयन :  दिवंगत अभिनेता सुशान्त सिंह राजपुत र इरफान खान पनि मनोनयनमा ( मनोनयन सूचीसहित)

इकागज | चैत १२, २०७७

मुम्बई  बिहीबार साँझ सार्वजनिक भएको ६६ औं फिल्मफेयरको मनोनयनमा दिवंगत अभिनेता सुशान्त सिंह रा...

भारतको राष्ट्रिय पुरस्कार : कंगना उत्कृष्ट अभिनेत्री, मनोज बाजपेई र धनुष उत्कृष्ट अभिनेता

इकागज | चैत १०, २०७७

मुम्बई : स‌योग हो कि सोची सम्झी गरिएको निर्णय, सन् २०२० मा जो धेरै समाचारमा आए भारतको ६७ औं...