वार्ता

'जनमत गुमाएर सत्तामा बस्‍न शंकर पोखरेललाई लाज भएन'

बिक्रम खड्का | बैशाख २०, २०७८

६ वैशाखमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चासहितका दलले अविश्वास प्रस्ताव दर्ता गरे । अविश्वास प्रस्ताव दर्ता भएकै दिन मुख्यमन्त्री पोखरेलले जसपाका ४ जना सांसदलाई मन्त्री बनाइदिए । बिहान अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका चार जना साँझ मन्त्री भए । त्यसपछि लुम्बिनीको राजनीति अनपेक्षित रह्यो ।

आइतबार लुम्बिनीमा एकपछि अर्को गरी नाटकीय घटनाहरू भए । बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेल साँझ पुनः मुख्यमन्त्री बने । आइतबारै बस्ने भनिएको विशेष अधिवेशन अन्त्य गरियो । पोखरेलसँग बहुमत नभएको जिकिरसहित प्रदेश प्रमुखलाई विपक्षी सांसदहरूले लिखित र भौतिक तथ्यांक प्रस्तुत मात्र गरेनन् प्रमुखलाई नै घेराऊ नै गरे । तर, पोखरेलको शपथ रोकिएन । 

मुख्यमन्त्री पोखरलले नाटकीय पारामा अविश्वास प्रस्ताव छलेर पुनः सत्ता प्राप्ति गरे । लुम्बिनीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियासँग बुटवलस्थित इकागज प्रदेश प्रतिनिधि विक्रम खड्काले कुराकानी गरेका छन् । प्रस्तुत छ कनौडियासँग खड्काले गरेको कुराकानीको सम्पादित अंशः 

जुन बाटोबाट शंकर पोखरेल पुनः मुख्यमन्त्री बन्नुभयो । यसलाई कसरी लिनु भएको छ ?
– यो सरासर जालझेल हो । उहाँले संसद् फेस गर्न नसक्ने भएपछि राजीनामा दिनुभयो । बहुमत गुमाएको मुख्यमन्त्री राजीनामा दिएर बस्नुपर्ने हो । तर, त्यसपछि जुन हर्कत भए, त्यो अराजनीतिक, असंवैधानिक र अलोकतान्त्रिक छ । 

अल्पमतको व्यक्तिलाई पुनः मुख्यमन्त्री बनाउने र शपथ खुवाउने कार्य गरेर प्रदेश प्रमुख धर्मनाथ यादवले राजनीतिक नैतिकतालाई तिलाञ्जलि दिनुभयो । यस्तो अवस्थामा बहुमत सांसद अल्पमतमा कसरी बस्न सकिन्छ ? हामी अब राजनीतिक र कानुनी दुवै लडाइँ सगँसँगै अघि बढाउँछौं । हामी कानुनी राज्य स्थापित गर्ने लडाइँमा लागेका हौं । यसमा जनताको साथ पनि छ । 

सरकारले काम सुरु गरिसक्यो, तपाईंहरूले भने जस्तो अल्पमतले बहुमतलाई शासन गर्ने अवस्था आएको हो ?
– यो नै आश्र्चयको विषय छ । जनमत गुमाएपछि पनि सत्तामा बसिरहने मनोरोग पोखरेलमा देखियो । अल्पमतले बहुमतलाई शासन गर्ने एउटा गलत नजीर स्थापित गर्न खोजिदैछ । हामी त्यसलाई स्थापित हुन दिदैनौं । सुरक्षा पहरामा शपथ खानेजस्तो सरकार चलाउने कुरा सजिलो छैन ।

राजनीतिक दलहरूलाई निषेध गरेर सत्ता चलाउने सपना नदेखे हुन्छ । उहाँहरू संसदबाट भागिरहनुभएको छ । बजेट ल्याउनुपर्ला, नीति तथा कार्यक्रममाथि छलफल गर्नुपर्ला । योजना र कार्यक्रम कसरी पास हुन्छन् ? बहुमत हामीसँग छ । हामी पनि हेर्छौ । त्यति मात्र होइन, हामी कानुनी उपचारको थालनी पनि गर्दैछौं । कानुनविद्हरूसँग परामर्शमा छौं । हाम्रो प्रदेशको कानुनअनुसार न्यायका लागि हामी लडिरहन्छौं । 

कानुनी र राजनीतिक लडाईं कसरी लड्नुहुन्छ ?
– हामीसँग बहुमत छ । सरकारका कुनै पनि योजना र नीति पास हुन नदिनु हाम्रो राजनीतिक लडाईं हो । हामीले मुख्यमन्त्रीको रूपमा उहाँलाई स्वीकार गर्न सक्दैनौं । गरेका छैनौं । राजनीतिक रूपमा सरकारलाई पूर्णरूपमा असहयोग हुन्छ । कानुनी उपचार पनि छ । अल्पमतले बहुमतमाथि शासन गर्ने व्यवस्था लोकतन्त्रमा कहीं छ ? त्यसैले मौजुदा कानुनमा टेकेर हामीले कानुनी लडाईं पनि लड्छौं । त्यो लडाईं अदालतसम्म पनि पुग्न सक्छ । 

जनता कोभिड–१९का कारण उपचार नपाएर छटपटिदैं मृत्युवरण गरिरहेका छन् । यस्तो बेला सत्ता लुछाचुडीमा लाग्दा अफ्ठ्यारो (लाज) लाग्दैन ? 
– ठीक कुरा गर्नुभयो । लाज त शंकर पोखरेललाई लाग्नु पर्ने हो । जनमत गुमाएर पनि सत्तामा बस्ने ? कोभिड रोकथामका लागि सिन्को नभाँच्ने, तर सत्ताका निम्ति कानुन हातमा लिएर प्रहरीको पहरामा शपथ लिने ? लाज उहाँमा देखिएन । हामी त प्रतिपक्षमा थियौं । अहिले सरकार निर्माण गरेर महामारीमा धेरै काम गर्ने योजना बनाएका छौं । जनताले हाम्रो अवस्था र बाध्यता बुझ्नुभएको छ भन्ने लाग्छ ।

शत प्रतिशत करदाताको रुजू अनलाइनमार्फत मात्र हुन्छ, म्यानुअल लिदैंनौं

इकागज | बैशाख २०, २०७८

आन्तरिक राजश्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताहरु कर तिर्नकै लागि कार्यालयमा भौतिक रुपमा उ...

‘केन्द्रले ‘ग्राउन्ड’ नबुझी निर्णय गर्‍यो’

अनिष भट्टराई | बैशाख १८, २०७८

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गएको वैशाख १ मा वक्तव्यमार्फत् गण्डकी प्रदेशका मुख्यमन्...

क्रियाशील सदस्यता वितरणमा सभापति र उपसभापतिको प्रभाव भएका ठाउँमा खेल भयो

इकागज | बैशाख १६, २०७८

कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्‍नै पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीम...

सरकारले लगानीको संरक्षण र सीपको प्रत्याभूति दिए धेरै एनआरएन फर्किन्छन्

चन्द्रशेखर अधिकारी | बैशाख १४, २०७८

झण्डै साढे दुई दशकअघि उच्च शिक्षाका लागि युरोप पुगेका गोरखा फुजेलका कुमार पन्त, गैरआवासीय नेपाली संघ ...

नेतालाई मोज-मस्तीका लागि मात्र गणतन्त्र र संघीयता मागिएको हो र ?

चन्द्रशेखर अधिकारी | बैशाख १०, २०७८

करिअर कूटनीतिज्ञ हुन्, डा. रामभक्त पीवी ठाकुर । परराष्ट्र सेवामा साढे तीन दशक बिताएका ठाकुर इजिप्टमा रा...

‘अर्को सरकार बन्‍ने सूचना पाएर नै प्रधानमन्त्रीले हठात् अधिवेशन अन्त्य गरेका हुन्’

प्रतिनिधि सभाको बाँकी कार्यकाल जीवन्त तुल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमन अति आवश्यक ठान्छन्, का...

‘श्रमजीवी पत्रकारका लागि लड्छु, मोफसललाई विशेष ध्यान दिन्छु’

इकागज | बैशाख १, २०७८

नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि विपुल पोख्रेलको व्यस्तता बढ्दो छ । झण्डै दशकपछि प...