प्रदेश / स्थानीय सरकार

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद-१

संघ र प्रदेशले सहयोग नै गरेनन्

अनिष भट्टराई | माघ १८, २०७८
नेपालको शासकीय संरचना संघात्मक भएपछि स्थानीय तह पहिलाेपटक स्थानीय सरकारमा परिणत भयो । सरकार भन्नुको अर्थ हो, अधिकारसहितको कार्यकारी संस्था । आफैँले निर्वाचित गरेका प्रतिनिधिबाट आफ्नै घर–आँगनमा सुलभ तरिकाले सेवा–सुविधा पाउनु मात्र संघीयताको मर्म होइन । यो पाउनु र दिनुभन्दा माथिको स्वशासित अवस्थाको महसुस हो ।  राज्यलाई घर मान्ने हो भने स्थानीय सरकार त्यो घरको जग हो । जग बलियो भए मात्र घर बलि...