प्रदेश / स्थानीय सरकार

सहकारीमार्फत चौपायाको व्यवस्थापन गरिदै

इकागज | माघ १४, २०७८
सुर्खेत–कर्णाली स्वयंसेवक दलमा आबद्ध सुर्खेतका युवाहरू सहकारीमार्फत छाडा पशुहरूको व्यवस्थापनमा लागेका छन् । ‘सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्था’ दर्ता गरेर सडकमा छाडिएका चौपायाको व्यवस्थापन गर्ने कसरतमा युवाहरू जुटेका हुन् । वीरेन्द्रनगर क्षेत्रमा रहेका छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्य राखेर ताराकेशर पौडेलको अध्यक्षतामा उनीहरूले सहकारी नै दर्ता गरेका छन् । कानुनी रु...