प्रदेश / स्थानीय सरकार

आदेश नमान्‍ने बटुवादेखि भाटभटेनी सुपरमार्केटसम्‍मलाई कारबाही

इकागज | माघ ६, २०७८
भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिड–१९ नियन्त्रणका लागि जारी गरेको आदेश नमान्ने बटुवादेखि भाटभटेनी सुपरमार्केटसम्मलाई बुधबार कारबाही गरेको छ । प्रशासनले बुधबारदेखि लागू हुनेगरी जारी गरेको २७ बुँदे आदेश उल्लङ्घन गर्ने १५२ जनासहित तीन वटा व्यापारिक केन्द्रलाई कारबाही गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । प्रजिअ शर्माको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले बुधबार भक्तपुर र काभ्रेक...