प्रदेश / स्थानीय सरकार

एमाले रौतहट अध्यक्षमा साह घोषणा, तर गिरी पक्षले भन्यो- एकलौटी कमिटी अवैध हो

इकागज | माघ ३, २०७८
रौतहट- नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ ।  साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो । एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । तर, गिरीले 'अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी...