प्रदेश / स्थानीय सरकार

सुदूरपश्चिममा थप २८३ जनामा कोभिड सङ्क्रमण, एकको मृत्यु

इकागज | माघ १, २०७८
बैतडी - सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन थप २८३ जनामा कोभिड सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४२९ जनाको नमूना परीक्षण गर्दा २८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरमार्फत १२६ र एन्टिजेनमार्फत १५७ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १०४, महाकाली अस्पतालमा १४, बाजुरा जिल्ला अस्पतालमा आठ र एन्टिजेनमार्फत कैलालीका...