प्रदेश / स्थानीय सरकार

मोरङका चार कुखुरा फार्ममा बर्डफ्लु पुष्टि

इकागज | माघ १७, २०७८
विराटनगर - मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पोजेटिभ देखिएको हो ।  बर्डफ्लु पुष्टि भएका फर्महरुलाई सिल गर्ने कार्यसमेत अघि बढेको जनाइएको छ । फ्लु देखिएका कारण कुखुरा नष्ट गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । प्रजिअ दाहालकाअनुसार पछिल्लोपटक कटहरी गाउँपालिका&nda...