प्रदेश / स्थानीय सरकार

मेलम्ची बाढी प्रभावितको खातामा राहत रकम

इकागज | साउन २९, २०७८
सिन्धुपाल्चोक - मेलम्ची नगरपालिकाले राहत स्वरुप बाढीबाट प्रभावित भएकाको क्षतिको वर्गीकरणअनुसार २५, २०, १५ र १० हजार रकम जम्मा गरिदिएको छ । नगरपालिकाले २८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३११ जनाको खातामा रकम जम्मा गरेको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिए ।  मेलम्चीमा रहेका नेपाल बैंक, कुमारी, सिभिल, कृषि विकास, लक्ष्मी, सिन्धु विकास बैंकका साथ...