प्रदेश / स्थानीय सरकार

आगो लगाएर पत्नीको हत्या गर्ने यादवलाई आजीवन काराबास सजाय

इकागज | साउन ३०, २०७८
जनकपुरधाम – पत्नीलाई आगो लगाएर हत्या गरेको ठहर गर्दै जिल्ला अदालत सिरहाले एक युवकलाई आजीवन काराबासको सजाय सुनाएको छ । अदालतले औरही गाउँपालिका–५ बस्ने २६ वर्षीय विनोद यादवलाई आफ्नै पत्नीलाई आगो लगाएर हत्या गरेको ठहर गर्दै आजीवन काराबासको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले सो फैसला गरेको हो ।  १० माघ ०७६ मा चारित्रिक आरोपमा विनोदले आफ्नी २१ वर्षीया पत्नी अनिता या...