प्रदेश / स्थानीय सरकार

सुदूरपश्‍चिम प्रदेश

मन्त्रीकी सम्धिनीले कर्मचारीलाई हैरान पारेपछि...

दीपक उपाध्याय | साउन ३१, २०७८
कैलाली– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले मन्त्रालय सम्हालेको एकसाता नबित्दै निजी सचिवालयमा नाताले ‘सम्धिनी’ पर्ने कर्मचारीलाई मन्त्रालयमा भित्र्याए । लालबहादुर खड्का जेठ १४ मा सामाजिक मन्त्रीमा नियुक्त भएका थिए । उनले निजी सचिवालयमा नाताले सम्धिनी पर्ने लिलावती विष्ट भाटलाई सरुवा गरी भित्र्याएका थिए । मन्त्रीले विष्टलाई ‘काज सरुवा’मा ल्याएका हुन् । मन्त्रीको सचिवालयमा जिम्मवार...