प्रदेश / स्थानीय सरकार

अलैँचीमा डढुवा रोग किसान चिन्तित

इकागज | साउन २९, २०७८
बागलुङ- जैमिनी नगरपालिका-२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् । धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैँची खेतीमा समेत मासिने गरी रोग लागेको हो । बोटमा रोग लागेपछि त्यसबाट हुने उत्पादन शून्यमा झर्ने किसानको भनाइ छ ।  जैमिनी-२ र ३ मा गरी अलैँचीका दुई वटा पकेट क्षेत्र ब...