प्रदेश / स्थानीय सरकार

तीजले चेली-माइतीबीचको सम्बन्ध प्रगाढ बनाउँछ : प्रदेश प्रमुख शर्मा

इकागज | असोज १, २०८०
मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली हिन्दु महिलाको महत्वपूर्ण पर्व तीजले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । हरितालिका (तीज) २०८० का सन्दर्भमा सोमबार जारी शुभकामना सन्देशमा प्रमुख शर्माले हिन्दु महिलाहरुले खुशी र उमङ्गका साथ मनाउने तीज पर्वले चेली र माइतीबीच सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरेका छन । ‘भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने सांस्कृतिक एवम् धार्म...