प्रदेश / स्थानीय सरकार

मधेशमा बढ्दै बेरोजगारी समस्या, वर्षेनि डेढलाख बढी जनशक्ति विदेश पलायन

सुभाष कर्ण | जेठ २१, २०८०
जनकपुरधाम।मधेश प्रदेशमा बेरोजगारी समस्या दिनानुदिन बढ्दाे अवस्थामा रहेकाे पाइएकाे छ । गाउँमै राेजगारकाे वातावरण सिर्जना हुन नसक्दा युवा शक्ति विदेशिएकाले पनि यहाँ बेराेजगारी समस्या रहेकाे पाइएकाे हाे । देशमा रोजगारको व्यवस्था नहुँदा वैदेशिक रोजगारमा प्रत्येक वर्ष देशभरबाट पलायन हुने युवा जनशक्तिमा २५ प्रतिशत मधेशकै रहेको तथ्यांकले देखाएको छ ।  श्रम तथा रोजगार विभागको तथ्यां...