प्रदेश / स्थानीय सरकार

नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने हक राख्दछ : थापा

बाबुराम भण्डारी | जेठ २५, २०८०
विराटनगर- भारतले आफ्नो संसद्‌ भवनमा प्रयोग गरेको साँस्कृतिक नक्साका कारण नेपालमा विरोध भइरहेको बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसको चिन्तन गर्ने हक भएको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा ओर्लिएपछि संचारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले भारतले साँस्कृतिक नक्सा बनाउने हक राख्ने हो भने नेपालले पनि त्यो हक प्रयोग गर्न पाउने बताए । ...