प्रदेश / स्थानीय सरकार

अवैध रुपमा हालिएका घरको पाली हटाउँदै हेटौंडा उपमहानगर

इकागज | बैशाख ३१, २०८०
मकवानपुर - राजमार्गको सडक चौडा पार्ने योजना अलपत्र भएपछि अलमलिएका हेटौंडाका व्यवसायीको घरबाट अवैध रुपमा हालिएका छत हटाउन थालेको छ । दुई दशकदेखि हेटौँडाको मुख्य सडक विस्तार गर्ने चर्चा आजसम्म पनि कायम छ । सडक फराकिलो पार्ने सरकारी निकायको सूचना कार्यान्वयन हुन नसकेपछि सडक विस्तार योजना चर्चामै सीमित छ । यता उपमहानगरले नगर क्षेत्रका अतिक्रमित संरचना धमाधम हटाइरहेको छ । नगरपालिकाले नगरप्रहरी परीचालन गरेर बजार...