Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

प्रदेश / स्थानीय सरकार

पर्यटकको रोजाईमा पर्ने सुकुटेमा सरकारको चासो न योजना

निरोज चौलागाईं | भदौ ५, २०८१
सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिकाको बन्देउदेखि बलेफी गाउँपालिकाको बलेफीसम्म पर्ने सुकुटे करिडोर एक समय सुनसान जस्तै थियो । नेपाल-चीनबीचको तातोपानी नाकाबाट रातभर कन्टेनर तथा सामान आयात गर्ने भ्यानको आवाज सुनिने सुकुटेमा पछिल्लो समय आन्तरिकदेखि बाह्य पर्यटकको आवाज गुन्जिरहेको हुन्छ । दिनरात गाडीको आवाजले झर्को लाग्ने सुकुटे क्षेत्र अहिले रातभर पर्यटकको गुन्जासले रमाइलो बन्दै गएको छ । दशकपछि बदलिँदै आएको स...