प्रदेश / स्थानीय सरकार

एकल महिलालाई बेपत्ता पारेको आरोप लागेका लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

इकागज | भदौ २६, २०८१
बुटवल- लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले राजीनामा दिएका छन् । कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए । कुर्मीले मंगलबार राजीनामा दिएका हुन् । कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौँमा आन्दोलन भइरहेको छ । 
प्रदेश / स्थानीय सरकार

अन्नपूर्णमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य

इकागज | भदौ २६, २०८१

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँद...