Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रदेश / स्थानीय सरकार

डेंगु संक्रमण भएपछि मोरङ कांग्रेसका दुई उम्मेदवार अस्पताल भर्ना

इकागज | असोज २६, २०७९
विराटनगर- मोरङमा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका दुईजनालाई डेंगु संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) का उम्मेदवार शेखरचन्द्र थापा र क्षेत्र नं. ४ को प्रदेशसभा (१) का गुरुराज घिमिरेलाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ । उनीहरू दुवै विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारका भर्ना भएका छन् । चार दलीय गठबन्धनबाट प्रदेशसभामा उम्मेदवार बनेका दुवै जना कांग्रेसका हुन्...