प्रदेश / स्थानीय सरकार

पाेखराकाे बजेट ८ अर्ब ७७ कराेड

इकागज | असार १०, २०७९
पाेखरा । पाेखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले शुक्रबार पाेखरा सभागृहमा आयोजना गरेको ११ औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो । महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नगरसभामा बजेट प्रस्तुत गर्दै कार्यालयतर्फ कूल बजेटको १४.५७ प्रतिशत, सामाजिक विकासतर्फ कूल बजेटको २३....