प्रदेश / स्थानीय सरकार

साउन १ गतेदेखि काठमाडौँमा कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई पाँच सय जरिवाना

इकागज | असार ९, २०७९
काठमाडौँ- काठमाडौँ महानगरवासीले  साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने भएको छ । साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ।  कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरको चेतावनी छ। कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लाग...