प्रदेश / स्थानीय सरकार

गाउँपालिकाका अध्यक्ष निलम्बित, कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन

इकागज | जेठ २९, २०७९
कैलाली - कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन दिएको थियो ।  निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको पत्रमा उल्लेख गरिएको छ ।  ‘अख्तियार दुरुपयो...