प्रमुख समाचार

अझै उठेन बालकको शव, सहमति नजुट्दा पोष्टमार्टम समेत हुन सकेको छैन

इकागज | मंसिर १, २०८०

कैलाली- मंगलबार साँझ कैलालीको गोदावरी नगरपालिका-५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका-५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाइ नविन धामीले सुई लगाए लगत्तै मृत्यु भएको थियो ।

ज्वरो आएपछि मंगलबार साँझ डिलासैनी क्लिनिकमा सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्‍याएका थिए । त्यहाँ पुर्‍याउनुअघि नै बालक ऐरको मृत्यु भइसकेको थियो ।

मृतकका परिवाजनले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेको प्रहरीले जनाएको छ । बालकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । मृतक बालकका परिवारले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पूरा नभएसम्म शव नउठाउने अडान लिएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधबार र बिहीबार दिनभरी पनि सहमतिको प्रयास भए पनि सहमति जुट्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए । 

बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालक पक्राउ गरेर मुद्दा चलाएको छ ।

अमेरिका पुगेर चिनियाँ राष्ट्रपति सीले भने- चीनले एक इन्च पनि अर्काको भूमि मिचेको छैन

इकागज | मंसिर १, २०८०

सान फ्रान्सिसिको- चिनियाँ राष्ट्रपति सी चिनफिङ अहिले अमेरिका भ्रमणमा छन् ।  उनले बुधबार (नोभेम्ब...

सांसद र संसद्‌बारे माओवादी सचेतक चौधरी भन्छिन्- कामकुरो एकतातिर कुम्लो बोकी ठिमीतिर हुनु हुँदैन

इकागज | मंसिर १, २०८०

काठमाडौँ- निर्वाचनपछि नयाँ संसद्‌ बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगा...

तरकारी बोक्ने १६ ट्रकलाई एम्बुलेन्स बनाउँदा थन्कियो, खरिद प्रक्रियामा अनियमितता भएको ठहर

इकागज | मंसिर १, २०८०

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेको एम्बुलेन्स कामै नलाग्नेगरी थन्किएका छन् । प्रदेश सरकारले ६ ...