प्रमुख समाचार

आँबुखैरेनीबाट सयपत्री कतार निर्यात

इकागज | कात्तिक २६, २०८०

तनहुँ- जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री  निर्यात भएको छ । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको हो ।

व्यावसायिक फूलखेती थालेसँगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन् । 

सधैं चुल्हो र चौकामा मात्र सीमित हुने यहाँका महिला पछिल्ला समय आयआर्जनतर्फ उन्मुख भएका अध्यक्ष आलेमगरले बताइन् । उत्पादनसँगै महिलाहरूलाई आयआर्जनमा जोड्न गाउँपालिका कार्यालयले फूलका बीउ अनुदानदेखि प्राविधिक सहयोगसम्म गर्दै आएको छ । 

दुवै आमा समूहले २१ रोपनी क्षेत्रफलमा लगाएको ३० हजार बोटबाट उत्पादित ८५ किलो फूल कतार निर्यात गरेका गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । प्रतिकिलो रु पाँच सय ५० का दरले फूल निर्यात गरिएको हो । 

दोहाको रिजेन्सी मार्केटस्थित सुदान फ्लावरले नेपालबाट फूल लगेको त्यसका सञ्चालक  कविन्द्र कँडेलले बताए । रासस  
 

धनगढीमा फूल बिक्री केन्द्र स्थापना, नबिकेको किसानको फूल केन्द्रले किन्‍ने

इकागज | कात्तिक २६, २०८०

कैलाली- धनगढी उपमहानगरपालिकाले दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना गरेको छ । उपमहानगरपालिकाले तालिम...

इजरायल घटनाले चुँडिएको अमनको मन, तुहिएको विदेशिने सपना

इकागज | कात्तिक २६, २०८०

काठमाडौँ- कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्...

जाजरकोट भूकम्प प्रतिकार्यका लागि आइएफआरसीद्वारा आपत्कालीन अपिल

इकागज | कात्तिक २६, २०८०

काठमाडौँ- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प...