प्रमुख समाचार

आज विश्वकर्मा पूजा

इकागज | असोज १, २०८०

काठमाडौँ- प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।
 
विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
  
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । 

सय प्रतिशतले बढ्याे कर्मचारीकाे खाजा भत्ता, हाजिरी हुनेले मात्रै पाउने

इकागज | भदौ ३१, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश मातहतका कार्यालयका सबै कर्मचारीहरुलाई दैनिक दुई सय रुपैयाँ...

मन्त्रिपरिषद् निर्णय : विश्व बैंकको ६० लाख अमेरिकी डलर ऋण स्वीकार

इकागज | भदौ ३१, २०८०

काठमाडौँ- मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले अपर अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि विश्व बैं...

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

इकागज | भदौ ३१, २०८०

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका ...

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : नेता निधि

इकागज | भदौ ३१, २०८०

महेन्द्रनगर -प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र ने...