महाकालीमा पानीको बहाव घटेपछि बनबासा पुलमा चार पांग्रे सवारी साधन सञ्चालन
कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव घटेपछि शनिबारदेखि चार पांग्रे सवारी साधन सञ्चालन भएको छ ।
बिहीबारदेखि पानीको बहाव बढेपछि बन्द भएको शारदा ब्यारेजको बनबासा पुल तेस्रो दिन ठूला सवारी साधनका लागि आवागमन खुला गरिएको हो । शनिबार महाकालीमा पानीको बहाव ८५ हजार ७१९ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार साँझ पानीको बहाव १ लाख १० हजार क्यूसेक पुगेको थियो । पानीको बहाव १ लाख नाघ्नेबित्तिकै चार पांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ ।