राजनीति

बीपी साहित्य महाेत्सव

विश्वप्रकाशकाे प्रश्नमा प्राध्यापक खनालकाे प्रतिप्रश्न- ‘प्रश्न गर भन्ने बीपीको शैली आजको नेपाली काँग्रेसलाई लागू हुन्छ ?

इकागज |
भदौ २४, २०८० आइतबार १४:४६ बजे

काठमाडौँ – प्राध्यापक एवम् राजनीतिशास्त्री कृष्ण खनालले पार्टीहरूमा आफ्नै जान्ने भन्ने अहंकार व्याप्त रहेको आरोप लगाएका छन् । 

विश्वेश्वरप्रसाद काेइरालाकाे ११०औँ बीपी जयन्तीका अवसरमा नेपाली काँग्रेसद्वारा आयोजित बीपी साहित्य महोत्सव २०८० अन्तर्गतकाे एक सेसनमा​ सहजकर्ता नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मलाई प्रश्न गर भन्ने बीपीलाई कसरी बुझ्ने भनेर प्रश्न गरेका थिए । 


उक्त प्रश्नको उक्त दिँदै उनले काँग्रेससहित राजनीति गर्ने सबैमा आफूले जति कसैले जानेका छैनन् भन्ने भ्रम व्याप्त रहेको भन्दै बीपीको फेरि अध्ययन गर्नुपर्ने बताएका छन् । 

प्राध्यापक खनालले भने, ‘प्रश्न गर भन्ने बीपीको शैलीकै आजको नेपाली काँग्रेसलाई लागू हुन्छ ? नेपाली काँग्रेसका नेता के यस्ता कुरा सुन्न चाहन्छन् ? 

प्राध्यापक खनालले काँग्रेस अपवाद नभएको बताउँदै काँग्रेससहित राजनीति गर्ने सबैमा यो भ्रम व्याप्त भएको बताएका छन् । 

प्राध्यापक खनालले बीपीलाई बीपी बनाउने चेतना र चिन्तनसहितको प्रकृति विश्लेषण नगरी उक्त प्रश्नको उत्तर नआउने दाबी गरेका छन् ।  

अहिलेका नेताहरूमा मैले कसैको कुरा सुन्नुपर्ने आवश्यक नभएको भन्ने प्रवृत्ति र अहंकार भएकाले उक्त प्रश्नको उत्तर निकै  गाह्रो भएको र समाजमा योगदान गर्न खोज्ने युवाहरूले बीपीको फेरी अध्ययन गर्नुपर्ने बताए । 

प्राध्यापक खनालले पार्टीहरूबाट केही अपेक्षा नभएको तर नयाँ पुस्तालाई बीपीको मार्गमा कसरी अगाडि बढाउने भन्ने चुनौती रहेको समेत जिकिर गरेका छन् । 
उनले आजको दिनमा बीपीको जस्तो चेतना भएको व्यक्ति राजनीतिमा नदेखेको र चरित्र गुमाएका पात्रसँग तुलना नै गर्न नमिल्ने समेत बताएका छन् ।   


Author

थप समाचार
x