प्रमुख समाचार

दानपत्रबाट प्राप्त जग्गालाई खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

इकागज | भदौ १७, २०८०

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । 

 निःशुल्क रूपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई रु छ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

न्यायाधीश शर्माविरुद्ध उजुरी आव्हान, १० दिनभित्र दिइसक्नु पर्ने

इकागज | भदौ १७, २०८०

काठमाडौँ- संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीश सिफारिस भएका विनोद शर्माविरुद्ध उजुरी आव्हान गरेक...