Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

प्रमुख समाचार

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

इकागज | भदौ १, २०८०

ओखलढुङ्गा- ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।

दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित रु ५० हजार क्षतिपूर्ति र रु २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए ।

गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो ।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो । रासस

पूर्वप्रधानमन्त्रीहरू परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छ : राजेन्द्र लिङ्देन

इकागज | भदौ १, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारूढ प...

कपिलवस्तुको विजयनगर गाउँपालिकाका वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | भदौ १, २०८०

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका-४ का वडाध्यक्ष तिलकर...

वैदेशिक रोजागारका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढ्यो

इकागज | भदौ १, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको ...

आउने पिँढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगरौँ : प्रधानमन्त्री प्रचण्ड

इकागज | भदौ १, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँढील...

शिखर नगरपालिकाका मेयर बलायरमाथि आफ्नै स्वकियलाई खुकुरी प्रहार गरेको आरोप

इकागज | भदौ १, २०८०

कैलाली- डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्र...

आईएससीको सर्टिफिकेट नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

इकागज | भदौ १, २०८०

काठमाडौँ- चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत एक विद्यार्थी नक्कली शैक्षिक प्रमाणपत्र ...