प्रमुख समाचार

स्थानीय प्रशासनले भन्याे- एक हप्तासम्म मुक्तिनाथ भ्रमणमा नजानू

इकागज | भदौ ९, २०८०

म्याग्दी । अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी–जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध गरिएको छ ।   

जिल्ला प्रशासन कार्यालयले झरी कारण सो सडक खण्डका विभिन्न भागमा पहिरो झरेको र अवरुद्ध रहेकोले  ‘अत्यावश्यक’ काममाबाहेक यात्रामा ननिस्कन अनुरोध गरेको 

‘कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका(३ दाना क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोले यातायात अवरुद्ध भएको, गुइँठेमा कालीगण्डकी प्रसारण लाइनको २२० केभी हाइटेन्सन लाइनको टावर जोखिममा रहेको तथा सोही स्थानमा निरन्तर पहिरो झरिरहेकोले जोखिम मोलेर पहिरो पन्छ्याई यातायात खुलाउन खोज्दा विभागीय लोडरका अपरेटर र चालक घाइते भएको तथा पहिरो पन्छ्याउने काम भइरहे पनि जोखिम रहेकोले मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकोले बेनीदेखी दानासम्म एक साता अत्यावश्यक कामबाहेक यात्रा नगर्न सरोकारवालामा सूचित गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

सो सडक हुँदैमुक्तिनाथ देखि माथिल्लो मुस्ताङसम्म यात्रा गरिने गरिएको छ ।

माेरङकाे बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

इकागज | भदौ ९, २०८०

बेलबारी-मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहे...

गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ : उपप्रधानमन्त्री श्रेष्ठ

इकागज | भदौ ९, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छ...

बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका किसान

इकागज | भदौ ९, २०८०

जाजरकोट- उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्...

धरानमा २४ घण्टे निषेधाज्ञा जारी, सामाजिक सद्भाव कायम गर्न नगर प्रमुख राईको अपिल

इकागज | भदौ ८, २०८०

इनरुवा (सुनसरी)- सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिक/साम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति ...