प्रमुख समाचार

तीर्थयात्री चढेको बस बारामा दुर्घटना हुँदा ७ जनाको मृत्यु

इकागज | भदौ ७, २०८०

काठमाडौँ- बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको  प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूसले युक्रेन आक्रमण गर्न प्रयोग गरेको वाग्नर समूहका प्रमुखको विमान दुर्घटनामा मृत्यु

इकागज | भदौ ७, २०८०

काठमाडौँ- रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घ...

ज्ञानेन्द्र शाहीको चेतावनी–पूर्व प्रधानमन्त्रीद्वयलाई हिरासतमा नराखे सडक आन्दोलन हुन्छ

इकागज | भदौ ६, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललिता निवास प्रकरणमा पू...

कोशी प्रदेश सभा बैठक : एमालेसहित विपक्षी दलहरूले बैठक चल्न नदिने

इकागज | भदौ ६, २०८०

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीको अध्यक्षता...