Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

प्रमुख समाचार

संखुवासभा कारागारबाट भाग्न खोज्ने दुई कैदीको कुटपिटबाट मृत्यु

इकागज | साउन २४, २०८०

विराटनगर- कारागारबाट भाग्ने क्रममा पक्राउ परेका जिल्ला कारागार संखुवासभाका दुई कैदीलाई अन्य कैदीले कुटपिट गर्दा मृत्यु भएको छ । बुधबार बिहान करिब दुई बजे कारागारको शौचालयको रड काटेर भाग्न खोज्ने आकाश बलामी र विनोद तोलाङ्गीको अन्य कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिए ।

 उनले घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको बताए ।

'कारागारबाट निस्किसकेर भाग्न खोजेको कुरा सुरक्षाकर्मीले थाहा पाएर पक्राउ गरि पुनः कारागारमै पठाएको थियो, त्यसपछि भित्र घटना भएको पाइयो' प्रजिअ कार्कीले इकागजसँग भने- 'बिहान प्रहरीले थाहा पाएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उनीहरुको आज बिहान मृत्यु भयो, सहायक प्रजिअको नेतृत्वमा छानबिन समिति बनाइएको छ ।'

मृत्यु भएका नुवाकोटको ककनी घर भएका कैदी बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । त्यस्तै संखुवासभाकै मादीका तोलाङ्गी जबरजस्ती करणीमा मुद्दा खेपिरहेको जनाइएको छ । 

कारागारबाट भाग्न खोज्दा प्रहरीले देखेपछि पक्राउ गरेर कारगारैभित्रै पठाइएकोमा कारागार प्रशासनको निर्देशनमा अन्य कैदिबन्दीहरुले उनीहरुमाथि कुटपिट गरेको हुनसक्ने जनाइएको छ ।
कारागार प्रशासनले भने उनीहरु बिचमै कुटाकुट भएको दाबी गरेको छ । 

प्रजिअ कार्कीले जिल्ला कारागारमा एक नाबालकसहित १३८ जना कैदीबन्दी रहेको जानकारी दिए ।

सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जसपाले बोलायो आकस्मिक बैठक

इकागज | साउन २४, २०८०

काठमाडौँ- सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा ...

बालुवाटार किन सुन प्रकरणमा अर्को छानबिन समिति बनाउन चाहँदैन ?

इकागज | साउन २४, २०८०

काठमाडौँ- सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को छानबिन कमिटी बनाउन मानिरहेका छैनन् । प्...