प्रमुख समाचार

लम्पी स्किनबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री भुसाल

इकागज | साउन ३२, २०८०

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।​ बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पी स्किनबाट मृत्यु भएका पशुहरूको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् ।

मन्त्री भुसालले लम्पी स्किन रोग लागेर पशुहरूको मृत्यु भएपश्चात किसानहरूलाई ठूलो क्षति भए पनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिन भने नसकिने प्रष्ट्याए । यद्यपि सरकारको तर्फबट किसानहरूलाई राहत दिने गरी कार्यविधि बनिरहेको जानकारी गराए । उनले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडि बढाइएको जानकारी दिए । कार्यविधि पास हुने बित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाइ छ ।

उनले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशु संक्रमित भएको बताए । मन्त्री भुषालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए ।

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनविरुद्ध उपचार, लक्षण लगायतका विषयमा सचेतना दिइरहेका कारण मृत्युदर घटेको उल्लेख गरे ।

मानव अधिकारवादी संस्थाको निष्कर्ष : यातना र कुटपिटबाट कैदीको मृत्यु

इकागज | साउन ३२, २०८०

विराटनगर- विभिन्न मानव अधिकारवादी संस्थाले संखुवासभा जिल्ला कारागारका दुई जना कैदीको यातना र कुटपिट ...

सभापति चयनको प्रक्रिया अघि नबढेकाे भन्दै एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिष्कार

इकागज | साउन ३२, २०८०

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिकाे बैठक बहिष्कार गरेको छ । स...

प्राधिकरणले भन्याे : कर्णालीमा हवाई उडान प्रतिबन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइन

इकागज | साउन ३२, २०८०

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वा...

नेपाल–भियतनाम सिधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिबद्धता

इकागज | साउन ३१, २०८०

काठमाडौं । नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सिधा हवाई उडानको सम्भा...