प्रमुख समाचार

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

इकागज | साउन २९, २०८०

म्याग्दी- मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।
    
गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युतका पोल बगाएको बताएको बताए    
    
“कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन”, उनले भने, “बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ ।” मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीचभागमा छ ।    
    
प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए । पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ ।    
    
विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ । दुई दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ ।    
    
मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।   

 

संसदमा बोल्न नदिए पार्टीभित्र विद्रोह गर्छु : कांग्रेस सांसद शर्मा

इकागज | साउन २८, २०८०

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनील शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टीभित्रै विद्...

सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा कांग्रेस सांसदहरूकाे माग

इकागज | साउन २८, २०८०

काठमाडाैँ–  नेपाली कांग्रेसका अधिकांश सांसदहरूले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति ...

इप्पानद्वारा विद्युत् खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको स्वागत

इकागज | साउन २८, २०८०

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले ‘विद्युत् खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नी...

सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णयबाट पछि हट्‌यो लुम्बिनी विकास कोष

इकागज | साउन २८, २०८०

बुटवल- सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णयबाट लुम्बिनी विकास कोष पछि हटेको छ । स्थानीयको विरोधपछि ...