प्रमुख समाचार

हातमा कालोपट्टी बाँधेर काम गर्दै मध्यपश्चिम विश्वविद्यालयका कर्मचारी

इकागज | साउन २६, २०८०

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयका बहालवाला कर्मचारीहरूले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । विश्वविद्यालयले करारमा गरिरहेको शिक्षक–कर्मचारी भर्नाको विरोधस्वरूप हातमा कालोपट्टी बाँधेर काम गरेका हुन् ।

उनीहरूले सेवा आयोगलाई जिम्मा नदिएर करारमा कर्मचारी भर्ना गरेको भन्दै विरोध जनाएका छन् ।

शुक्रबार विश्वविद्यालयका कर्मचारी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेर आफ्ना मागहरू सुनुवाइ नभएकाले शुक्रबारदेखि आइतबारसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका थिए । 

यसअघि गएको मंगलबार पनि विभिन्न कर्मचारी संगठनहरूले करार सेवामा शिक्षक कर्मचारी भर्नाको विषयलाई लिएर विरोध जनाएका थिए । प्रजातन्त्रवादी कर्मचारी संघ, प्रगतिशील कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विश्वविद्यालयले तत्काल ‘ओएण्डएम’ गर्नुपर्ने, करार सेवामा शिक्षक, कर्मचारी भर्नाका लागि खोलिएका पछिल्ला विज्ञापन रद्द गर्नुपर्ने जस्ता माग गरेका थिए ।

विश्वविद्यालयस्थित रजिस्ट्रार कार्यालयमा दिइएका ती मागका बारेमा कुनै पनि छलफल तथा सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलनस्वरूप हातमा कालोपट्टी बाँधेर काम गर्ने घोषणा उनीहरूले गरेका हुन् । आइतबारसम्म पनि आफ्ना माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम अगाडि बढाउने कर्मचारी संगठनहरूले चेतावनी दिएका छन् ।

विश्वविद्यालयले कर्मचारीसँगै उपप्राध्यापक तथा प्रशिक्षक तर्फ समेत गरी १३ जना कर्मचारी र उपप्राध्यापक पदहरूमा जनशक्ति माग गरेको छ । उनीहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी संगठनहरूले उक्त सूचना रद्द गर्नुपर्ने माग गरेका छन् । 

रामेछापकाे डहु मावि : घुम्ने कुर्सीमा विद्यार्थी, सबै कोठामा आधुनिक प्रविधि

इकागज | साउन २६, २०८०

मन्थली- सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगैँचाले वातावरण नै रमणीय र सुन्द...

संसद्‌को अवरोधबारे राष्ट्रपतिको चासो : सबै राजनीतिक दललाई विश्वासमा लिन आग्रह

इकागज | साउन २६, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्र...

श्रम बजार मर्यादित र सुरक्षित बनाउन प्रधानमन्त्री प्रचण्डले थाले छलफल

इकागज | साउन २६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने स...

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप दुई जना समातिए, पक्राउ पर्नेको संख्या ७ पुग्यो

इकागज | साउन २६, २०८०

काठमाडौँ- नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना  पक्राउ परेका छन्...

अर्जुननरसिंहको प्रश्नः सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

इकागज | साउन २६, २०८०

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफ्ना पार्टीका सांसद सुनिल शर्मा पक्र...