प्रमुख समाचार

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

इकागज | साउन २४, २०८०

सर्लाही- भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । 

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो । 
 
त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि चिकित्सकले मृत घोषणा गरे । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ । 

यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए ।

बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए । 

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए । लगत्तै उनीहरुको उद्धार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए । रासस

बालुवाटार किन सुन प्रकरणमा अर्को छानबिन समिति बनाउन चाहँदैन ?

इकागज | साउन २४, २०८०

काठमाडौँ- सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को छानबिन कमिटी बनाउन मानिरहेका छैनन् । प्...

प्रतिनिधिसभा बैठक बस्दै : रायमाझीलाई निलम्बन गरेको जानकारी गराउने, अरू के छ कार्यसूचीमा ?

इकागज | साउन २४, २०८०

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ ।  संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने...

मकवानपुर पहिरो : घर बगाउँदा हराइरहेका ६ मध्ये एक जनाको घाइते अवस्थामा उद्धार

इकागज | साउन २३, २०८०

मकवानपुर- मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा हराइरहेका ६ जन...

सरकारले नेपाल राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत

इकागज | साउन २३, २०८०

काठमाडौँ- नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको...

गोरखापत्रमा कार्यरत १२ जना पत्रकारको तत्काल म्याद थप्न कर्मचारी संघको माग

इकागज | साउन २३, २०८०

काठमाडौँ- गोरखापत्रमा कार्यरत १२ जना पत्रकारको तत्काल म्याद थप गर्न कर्मचारी संघले माग गरेको छ । गोरख...