प्रमुख समाचार

डडेल्धुरामा पैसा माग्दै शिवशिखर सहकारीविरूद्ध एक हजार पाँच सय उजुरी

इकागज | साउन २१, २०८०

डडेल्धुरा- शिवशिखर सहकारीका विरूद्ध एक हजार पाँच सय ४३ बचतकर्ताले रकम फिर्ताको माग गर्दै निवेदन दर्ता गरेका छन् । सो सहकारीमा लामो समयदेखि रकम जम्मा गर्दै आएका बचतकर्ताले सहकारीले रकम फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन दिएका हुन् ।
    
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर सहकारीमा रकम जम्मा गरेका तर फिर्ता नपाएका बचतकर्तालाई उजुरी गर्न सूचना जारी गरेपछि एक हजार पाँच सय ४३ जनाको ठाडो निवेदन दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

सबै निवेदकको दाबी रकमअनुसार रु ३१ करोड १६ लाख ७१ हजार तीन सय रहेको खुल्न आएको छ । पीडित बचतकर्ताहरूले रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएका हुन् तर सहकारी भने केही समयदेखि बन्द रहेको छ ।
 
प्रहरी नायब उपरीक्षक भट्टले सबै बचतकर्ताले प्रमाणसहित निवेदन दिएको बताउँदै निवेदन दर्ताको काम सकिएसँगै जाहेरी दर्ताको प्रक्रिया अगाडि बढेको जानकारी दिए । “पचास/पचास जनाका दरले जिल्ला प्रहरी कार्यालयमा बोलाएर हामी जाहेरी दर्ता गरिरहेका छौँ । त्यसपछि अनुसन्धान अगाडि बढ्छ”, प्रनाउ भट्टले भने ।

सो सहकारीले डडेल्धुरामा मात्रै रु ४१ करोडभन्दा बढी रकम निक्षेप सङ्कलन गरेको खुलासा गरेको थियो । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालयसमेत बन्द गरेको छ ।

सहकारीमा लगानी वा बचत गरेमा पाँच वर्षमा दोब्बर रकम हुने भन्दै स्थानीयवासीबाट निक्षेप सङ्कलन गरिएको थियो । कतिपय बचतकर्ताले अन्यबाट कर्जा लिएर शिवशिखरमा बचत गरेका थिए । रासस

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी

इकागज | साउन २०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफो...

सुन तस्करीमा नाम जोडिएका नेताहरूलाई अनुसन्धान गर्न माओवादी केन्द्रीय सदस्यहरूको माग

इकागज | साउन २०, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मु...

उत्तराखण्ड पहिरो अपडेट : १३ नेपालीमध्ये तीन जना कालिकोटका

इकागज | साउन २०, २०८०

महेन्द्रनगर - गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका...