प्रमुख समाचार

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

इकागज | साउन १९, २०८०

ढोरपाटन- अविरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो ।    
    
माथिदेखि खसेको ठूलो पहिरोले सडक अवरुद्ध बनेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन । बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ ।    
    
उपप्रमुख कायतले भने, “दोगाडी पक्की पुल नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको छ, ठूलो वर्षा भएको हुँदा बिहबिार खुलाउन सकिएन, आज खुलाउने प्रयासमा छौँ, पहिराले सडकमा अत्यधिक क्षति पुर्याएको छ ।”    
    
सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र छन् । ढोरपाटन, बोबाङ, फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवलतर्फ जाने सवारीसाधन ठप्प छन् । यो समय ढोरपाटन घुम्ने याम भएको हुँदा धेरै पर्यटकले बीच बाटोबाटै फर्किनुपरेको स्थानीयको भनाइ छ ।

माओवादी नेता भन्छन् : सरकारले थालेका जनप्रिय कामको समर्थन छ

इकागज | साउन १८, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अ...

नेपालबाट राजतन्त्र विस्थापित भए पनि जनसंस्था स्थापित हुन सकेन : पूर्वसभामुख ढुंगाना

इकागज | साउन १८, २०८०

काठमाडौँ- ​पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र नभएको बताएका छन् । ...

विश्वकाे नम्बर २ जर्मनी समूह चरणबाट बाहिरिँदा कोलम्बिया र मोरक्को अन्तिम १६ मा

इकागज | साउन १८, २०८०

काठमाडौँ- अस्ट्रेलिया र न्यूजिल्यान्डमा संयुक्त रूपमा जारी फिफा महिला विश्वकपको समूह चरणबाट जर्मनी बाहिरि...

माओवादी केन्द्र विधानसम्मत रूपले नचलेको भन्दै केन्द्रीय सदस्यहरू असन्तुष्ट

इकागज | साउन १८, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरूले पार्टी विधिसम्मत रूपले नचलेको भन्दै असन्तुष्...

नयाँ सरकार गठनको प्रारम्भमै सत्ताको फोहोरी खेल सुरु भयो : कार्की

इकागज | साउन १८, २०८०

विराटनगर- नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नयाँ सरकार गठनको प्रारम्भसँगै कोशी प्रदेशम...

रविलाई शंकरको प्रश्‍न : महिलाका लागि मात्रै निशुल्क सार्वजनिक यातायात कस्तो समाजको परिकल्पना हो ?

इकागज | साउन १८, २०८०

काठमाडौँ- चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले निशुल्क सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनबाट ...