प्रमुख समाचार

एसिया कप : काे-काे छन् नेपाल र भारतसँग खेल्ने पाकिस्तानको टोलीमा ?

इकागज | साउन २५, २०८०

काठमाडौं– पाकिस्तानले एसिया कप अन्तर्गत भारत र पाकिस्तानसँग खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ । एसिया कपका पाकिस्तानले लागि १७ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो ।

एसिया कपको समूह ’ए’ मा पाकिस्तानसँगै नेपाल र भारत छन्। सो प्रतियोगिता अन्तर्गत नेपालले पाकिस्तानसँग अगस्ट १० मा खेल्दैछ । नेपालले भारतविरुद्ध सेप्टेम्बर ४ मा खेल्न लागेको हो । पहिलो खेल पाकिस्तानमै खेल्ने नेपालले भारतसँगको खेल श्रीलंकामा खेल्नेछ । 

एसिया कपको आयोजक पाकिस्तान हो । तर प्रतियोगिताका धेरै खेलहरु श्रीलंकामा हुँदैछ । पाकिस्तान र भारतबीचको राजनीतिक तनावका कारण खेल श्रीलंकामा पनि राखिएको हो ।भारतले एसिया कप पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । त्यसैकारण प्रतिया्गिताका खेलहरु श्रीलंकामा पनि राखिएको हो ।

तीन–तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ मा हुनेछ।

यस्तो छ पाकिस्तानी टोली

अब्दुल्ला शफिक, फखर जमान, इमाम–उल–हक, बाबर आजम (कप्तान), सलमान अली आगा, इफ्तिखर अहमद, तय्यब ताहिर, मोहम्मद रिजवान, मोहम्मद हरिस, शादाब खान (उपकप्तान), मोहम्मद नवाज, उसमा मीर, फहीम अशरफ, हरिस रउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह, शाहीन अफ्रिदी।
 

११ महिनासम्म तलब खुवाउन नसकेकाे मैयाँदेवी क्याम्पस, अहिले २५ जिल्लाका विद्यार्थी पढ्छन्

इकागज | साउन २५, २०८०

चितवन- चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ । यहाँको मैयादेवी कन्या क्याम्पस...

बारीबाटै बिक्री हुने म्याग्दीकाे लेकाली आलु याे वर्ष घरमै थन्कियाे

इकागज | साउन २५, २०८०

गलेश्वर- म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला...

नवौं राष्ट्रिय खेलकुद : पाैने ५४ कराेड खर्च, विजेताले पाँच महिनापछि पाए पुरस्कार रकम

इकागज | साउन २४, २०८०

काठमाडौं । गत वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद...