प्रमुख समाचार

पहिरोले हेटौंडा-काठमाडौंका दुई राजमार्गकाे सडक सम्पर्क टुट्याे

इकागज | साउन २३, २०८०

मकवानपुर । दुईदिनदेखि परेको निरन्तर वर्षाले हेटौंडाबाट काठमाडौं जाने दुई वटा राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरी चौकी भैंसे,मकवानपकीका अनुसार गएराति ८ बजे पहिरो जाँदा मकवानपुर भिमफेदी गाउँपालिका २ ज्यालटारस्थित हेटौडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौ सडकखण्ड अवरुद्ध भएको छ । 

यसैगरी मकवानपुर बकैया गाउँपालिका वडा ११ लामराङस्थित कान्ति लोकपथ सडक खण्डमा पनि गए राति पहिरोले बाटो अवरुद्ध भएको छ ।

दुवै स्थानको  जोखिमपूर्ण पहिरो भएकोले सडक विभागसँगको समन्वयमा बिहानबाट मात्रै बाटोको अवरोध हटाउन प्रयास थालिने मकवानपुर जिल्लाका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
 

अधिवक्ता भगवती पाण्डे काण्ड: दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने प्रतिबद्धता

इकागज | साउन २२, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नाका क्रममा भएको घट...

फिफा विश्वकप : डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया क्वार्टरफाइनलमा

इकागज | साउन २२, २०८०

काठमाडौँ- डेनमार्कलाई हराउँदै आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटलबको क्वार्टरफाइनलमा प्रवेश गरेको ...

संसद् बन्धक बन्नु भनेको जनता बन्धक हुनु हो : रास्वपा सांसद श्रेष्ठ

इकागज | साउन २२, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संस...