प्रमुख समाचार

योगेश भट्टराईको प्रश्न : गृहमन्त्रीको बयान कसले लिन्छ ?

इकागज | साउन २३, २०८०

काठमाडौँ– नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले गृहमन्त्रीमाथि पनि शंका भएकाले गृहमन्त्रीको बयान कसले लिन्छ भनि प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सुन तस्करी प्रकरणको विषयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । 

उनले भने, ‘म गृहमन्त्रीजीलाई भन्न चाहन्छु, गृहमन्त्रीजी तपाईँ पोलिटिकल कमिसार तपाईँको फिल्ड कमिसार को छ ? तपाईँको आदेश फिल्ड कमिसारले मानेको छैन कि ? फिल्ड कमिसारको सूचना तपाईँले भेरिफाइ गर्नुभएको छैन ? हामीलाई गम्भीर शंका छ ।’

उनले अगाडि प्रश्न गरे, ‘त्यसकारण गृहमन्त्रीजीसँग पनि बयान कसले लिन्छ ? के सिआइबीले लिन्छ ? के राजश्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ । प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ । राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ । यत्रा नियकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए ? यिनीहरू माथि प्रश्न कसले उठाउँछ ?'

सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको थियो । गृहमन्त्रीले सुन प्रकरणमा जवाफ दिने भएपछि बैठक सुरु भएको थियो । तर, सुन तस्करी प्रकरणमा गृहमन्त्रीको चित्त बुझ्दो जवाफ नआएमा एमालेले फेरि अवरुद्ध गर्ने बताएको छ ।
 

कांग्रेस कैलालीद्वारा दुई नेतालाई साधारण सदस्य समेत नरहने गरी निलम्बन

इकागज | साउन २३, २०८०

कैलाली- नेपाली कांग्रेस कैलालीले दुई जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बित ग...

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न युरोपेली संघकी राजदूत डेप्रेज बालुवाटारमा

इकागज | साउन २३, २०८०

काठमाडौँ- नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटव...

मधेशमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दैनिक हजार बढी अस्पताल पुग्दै

सुभाष कर्ण | साउन २३, २०८०

जनकपुरधाम- मधेश प्रदेशमा आँखा पाक्ने रोगको प्रकोप दिनानुदिन बढ्दै महामारीको रुप लिइसकेको छ । आँखा पाक्...

पहिरोले हेटौंडा-काठमाडौंका दुई राजमार्गकाे सडक सम्पर्क टुट्याे

इकागज | साउन २३, २०८०

मकवानपुर । दुईदिनदेखि परेको निरन्तर वर्षाले हेटौंडाबाट काठमाडौं जाने दुई वटा राजमार्ग अवरुद्ध भएको छ ...