प्रमुख समाचार

आजदेखि माओवादी केन्द्रीय समिति बैठक

इकागज | साउन १७, २०८०

काठमाडौँ- आजबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ ।

सो केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रीय समितिमा प्रस्तुत हुनेछ । 

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

'उचित हो भन्ने अहिले पनि छैन तर गठबन्धनको आग्रह अनुरोधपछि मैले राजीनामा गरेँ'

बाबुराम भण्डारी | साउन १६, २०८०

विराटनगर- नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन अघिल्लो पटक दाबी पत्रमै हस्ता...

सभामुखको बुँइ चढेरै दोस्रो पटक कोशी प्रदेशमा उद्धव थापाको सत्तारोहण

इकागज | साउन १६, २०८०

काठमाडौँ- सर्वोच्च अदालतले गत बिहीबार कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको पद बदर गरिदियाे । अदालतले ...

टिआरसीसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्छ : कांग्रेस

इकागज | साउन १६, २०८०

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छान...

चारवटै युनियनको कान्तिपुरलाई चेतावनी : वार्ता सफल नभए आन्दोलन चर्कन्छ

इकागज | साउन १६, २०८०

काठमाडौँ– राष्ट्रिय ट्रेड युनियनले कान्तिपुर पब्लिकेसन्ससँग जारी वार्ता सफल नभए आन्दोलन चर्काउने चेत...

पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण कांग्रेसले नगर्ने

इकागज | साउन १६, २०८०

चितवन - नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरु...

फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने

इकागज | साउन १६, २०८०

काठमाडौँ- नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत् केन्द्रलाई...

दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’

इकागज | साउन १६, २०८०

कास्की- साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पह...