प्रमुख समाचार

आजको मौसमः चार प्रदेशमा पानी पर्ने

इकागज | साउन १६, २०८०

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली  रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति भने देशभर सामान्य बदली  रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ । मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित पीडित कलाकार धर्नामा

इकागज | साउन १५, २०८०

काठमाडौँ- विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरूको धर्नामा अभिनेत्र...

उच्चस्तरीय छानबिन समिति बनाउन सरकारले भोलिसम्मको समय मागेको छ : गोकुल बाँस्कोटा

इकागज | साउन १५, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबि...

पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्याे ३५ दिनको समय

इकागज | साउन १५, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौँ महानगरपालिकासँग ३५...

पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन, त्यसको ग्यारेण्टी म लिन्छु : मन्त्री बस्नेत

इकागज | साउन १५, २०८०

धुलिखेल - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेप...

यी अभियुक्त जसले बीस वर्षअघि पाँच वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरे

इकागज | साउन १५, २०८०

काठमाडौं–बीस वर्षअघि एक पाँच वर्षीया बालिकालाई बलात्कार पछि हत्या गरेर फरार रहेका एक अभियुक्त पक्...

रवि लामिछानेकाे दाबी : रास्वपाको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई सहज

इकागज | साउन १५, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका का...