प्रमुख समाचार

आज देशैभर पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुनसक्ने

इकागज | भदौ ८, २०८०

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तरी भू भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र कोशी प्रदेशको  एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ।

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस,  बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती,  गण्डकी , लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षयजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
 

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन गर्न गाभीसँग १७ लाख माग

इकागज | भदौ ७, २०८०

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्य...

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालले देशमा साम्प्रदायिक हिंसा भड्काउँदै छन् : ओली

इकागज | भदौ ७, २०८०

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकप...

करोडौं रुपैयाँ लिएर हुलाक बैंकका कर्मचारी फरार, बचतकर्ता अलपत्र

सुभाष कर्ण | भदौ ७, २०८०

जनकपुरधाम । आर्थिक काराेबारका लागि वाणिज्यतर्फ भरपर्दाे र सुरक्षित निजीभन्दा सरकारी निकाय छन् । आम जनताक...